Mobile banking

Nepal Telecom

मंगलम पाइपद्वारा आगलागी पीडित टेक्निसियनलाई सहयोग

काठमाडौँ : नेपालको पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्त कर्ता मंगलम इन्डष्ट्रिज प्रा.लि ले आगलागीबाट पीडित एक टेक्निसियनलाई आर्थिक सहयोग गरेको छ । चितवनको राप्ती नगरपालिका–५ चौकी डाँडामा घर भएका टेक्निसियन (प्लम्बर) गोविन्द झालाई कम्पनीले आर्थिक सहयोग गरेको हो ।टेक्निसियन झाको घरमा एक हप्ता अगाडि विद्युत सट भई आगलागी हुँदा पूर्ण क्षति भएको थियो । आगलागीबाट पीडित भएका झालाई मंगलम पाइप कम्पनीले ५० हजार रुपैयाँ नगद सहयोग गरेको छ । घर आगलागीको जानकारी पाएपछि कम्पनीले स्थलगत निरीक्षण गरि ‘मंगलम पाइप्स टेक्नीसियनको साथ’भन्ने नारा अन्तर्गत मंगलम इन्डष्ट्रिज तथा कम्पनीको तर्फबाट राहत स्वरूप उक्त रकम सहयोग गरेको हो ।


सहयोग रकम कम्पनीका क्षेत्रीय अफिसर सुवास क्षेत्री र मंगलम पाइप्स पूर्वी चितवन, मकवानपुरको आधिकारिक डिस्ट्रीब्यूटर आरम्भ सप्लायर्स एण्ड सेनेटरीको संचालक रमेश उप्रेतीको उपस्थितिमा प्रदान गरिएको थियो। उक्त हस्तान्तरण कार्यक्रम स्थानीयजनप्रतिनिधि, उक्त क्षेत्रको टेक्निसियनहरुको उपस्थिति रहेको थियो ।
‘कम्पनी संग आवद्ध टेक्निसियनहरु मंगलम इन्डष्ट्रिजको परिवार भएकोले हरेक विपदहरुमा अग्रणी भूमिकामा रहेर सहयोग गर्नसदैव तैयार रहेको,मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवाल ज्यूले भन्नुभयो । उहाँले यो सहयोगको सुरुवातले पीीडतलाई थप राहत सहित सहयोगको वतावरण निर्माण होस्भन्ने उद्देश्य कम्पनीको रहेको जानकारी दिनु भयो ।
मंगलम नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंगस् उत्पादक कम्पनी हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...