Admission Open

धरमघरमा पहिरो, महाकाली राजमार्ग अवरुद्ध   

बैतडी : लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो । आज बिहानै सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको छ । राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।

सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताउनुभयो । पहिरो पन्छाउने बित्तिकै फेरि पहिरो खस्ने गरेको छ । गत असारदेखि हालसम्म पहिरोका कारण उक्त क्षेत्रमा १५ पटकभन्दा बढी सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...