Admission Open

आज ९ बजे मैलुङ खोलाको आइपीओ बाँडफाँड हुने

काठमाडौँ, २६ साउन : आज मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) आज बिहान ९ बजे बाँडफाँड हुने भएको छ । कम्पनीले हिजो प्रि अलोटमेन्ट सम्पन्न गरेको हो । प्रि अलोटमेन्ट सम्पन्न गरेसँगै आज बाँडफाँड हुने बिक्री प्रबन्धक सिद्धोर्थ क्यापिटलले जनाएको छ ।

यस कम्पनीको आईपीओमा सर्वसाधारणले गरेको आवेदनका आधारमा जम्मा ६८ हजार ४७४ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् भने बाँकी ६ जनाले थप १ कित्ता गरी ११ कित्ताका दरले बाँडफाँड हुनेछ ।

कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...