Admission Open

साढे दुई लाख बढीले खोप लगाए    


कर्णाली, २५ साउन : प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले हालसम्म कर्णालीमा दुई लाख ५९ हजार ७४७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ । यहाँ खोप लगाउनुपर्ने लक्षित वर्गको कूल जनसङ्ख्या १० लाख ९४ हजार ४४७ छ । पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि यो सङ्ख्या बढ्ने बताइएको छ । विसं २०७७ माघ १४ गतेदेखि शुरु भएको खोप अभियानको पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । यो खोप एक लाख आठ हजार ४८६ जनाले लगाएका थिए । ‘कोभिशिल्ड’ खोप प्राप्त नभएका कारण ८२ हजार ६७० जनाले अझै दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...