Admission Open

आजदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाईँदै, पहिलो प्राथमिकता ज्येष्ठ नागरिकलाई

काठमाडौं : साउन २५ गते सोमबारबाट सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने कार्यतालिका सार्वजनिक गरेको छ । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका १४ लाख ४० हजार ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर उक्त खोप दिन लागिएको हो ।

फागुन पहिलो सातामै कोभिशिल्ड पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकले अहिलेसम्म दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारतले दिने प्रतिबद्धता जनाइसकेको उक्त खोप नदिएपछि दोस्रो मात्रा लगाउनबाट ज्येष्ठ नागरिक बन्चित भएका हुन । कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिक ६ महिनादेखि दोस्रो मात्राको प्रतिक्षामा छन् ।

पहिलो मात्रा कोभिशिल्ड लगाएका तर लामो समय प्रतिक्षा गरेर दोस्रो मात्रा कोभिशिल्ड खोप (एस्ट्राजेनेका) लगाउन बाँकी १४ लाख ५० हजार ज्येष्ठ नागरिक तथा अन्यको पालो कसैले पनि नखोस्न डा. रविन्द्र पाण्डेले अनुरोध गरेका छन् । अन्य खोपमा जीवन रक्षार्थ आफ्नो लागि पालो मिचेको भएतापनि यसपटक पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले मात्र खोप लगाइदिन उनले आग्रह गरेका हुन् ।

सोमबारदेखि सुरु हुने कोभिशिल्ड खोपको दोस्रो मात्रा वितरणको सरकारले अनुगमन र निगरानी कडा रुपमा गर्न पनि डा. पाण्डेले आग्रह गरेका छन् । हरेक मात्राको अडिट गर्न र अनियमितता गर्नेलाई कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

गा पाण्डे लेख्छन्–यदि हामीले सोर्स लगाएर कोभिशिल्ड ९एस्ट्रेजेनेका० लगायौं भने ८ देखि १२ हप्तामा दोस्रो मात्रा लगाउन पाउने छैनौं, हाम्रो लागि भेरोसिल तथा जान्सेन खोपको अर्को चरण सुरु हुनेछ ।

कारणवश खोपको मात्रा बाँकी रहेमा सरकारले दुई मात्रा सुनिश्चित हुनेगरी अर्को सूचना पक्कै पनि जारी गर्नेछ । यसमा पनि छुटेका जेष्ठ नागरिकलाई खोप दिनु हाम्रो मानवीय दायित्व हो ।

लामो ग्याप भएकाले दोस्रो मात्राले काम गर्दैन कि भन्ने चिन्ता नगर्न आग्रह गर्दै पाण्डेले लेखेका छन्– बेलायत लगायतका देशमा भएको अनुसन्धानले देखाएको छ कि पहिलो मात्राले १० महिनासम्म काम गर्छ । दोस्रो मात्राले एन्टिबोडी बुस्ट अप गर्न राम्रो भूमिका निभाउनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...