Admission Open

जडीबुटी खेतीतर्फ आकर्षित कृषक    

भोजपुर : पछिल्लो समयमा जिल्लाका स्थानीयवासी जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् । कार्यालयले कृषकलाई प्रोत्साहन गर्नेले विभिन्न कार्यक्रमहरु सञ्चालन ल्याएसँगै यसतर्फ कृषकको आकर्षण बढेको छ । कार्यालयले विभिन्न खालका कृषक लक्षित कार्यक्रम सञ्चालनमा ल्याएसँगै यहाँ जडीबुटीमा लाग्ने कृषकको सङ्ख्या बढेको हो । कार्यालयले विभिन्न कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकहरुले जडीबुटी खेतीलाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएका हुन् । कार्यालयले यस वर्ष मात्र टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयले कृषकलाई आयआर्जनमा जोड्न, सतुवा, लोठ सल्ला, चिराइतो लगायतको खेती विस्तारमा कृषकलाई प्रोत्साहन कार्यालयको भनाइ छ । यस वर्ष कार्यालयले गरेको कामको समीक्षा कार्यक्रममार्फत दिएको जानकारीअनुसार थप दुईओटा जडीबुटी नर्सरी विस्तार गरिएको छ । जिल्लामा ६ ओटा नर्सरीबाट एक लाख, ६४ हजार बिरुवा उत्पादन गरेको कार्यालयको भनाइ छ ।

कृषकलाई करिब पाँच हजार कागती, काजती लगायतका बिरुवा वितरण भएको कार्यालयले जनाएको छ । कार्यक्रमका सहभागीहरुले बर्सेनि बिरुवा वितरण गरिए पनि त्यसको उपलब्धि आउन नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्ने राखे ।

त्यस्तै कृषकले उत्पादन गरेको जडीबुटीको बजारीकरणमा सरकारले भूमिका खेल्नुपर्ने व्यवसायीले बताएका छन् । कार्यालयले सतुवा, टिमुरलगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम गरिहरहेको छ । त्यस्तै कृषकलाई थप प्रोत्साहन गर्नका लागि लाहा खेती विस्तारका लागिसमेत काम भइरहेको कार्यालयले जनाएको छ । त्यस्तै जडीबुटी खेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना भनिरहेकाले त्यसमा छुटेका विषयवस्तुका बारेमा समेत राय सुझाव स¬ङ्कलन लिइएको छ । सहभागीहरुले जडीबुटीको उत्पादन राम्रो भए पनि भण्डारणको समस्या रहेकाले त्यसतर्फ ध्यान दिन सुझाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...