Admission Open

आज देशभर ३ हजार ७२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं, २२ साउन : आज देशभर ३ हजार ७२९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणबाट आज २५ जनाको मृत्यु भएको छ भने थप १ हजार ८८५ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५ हजार ६७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,४३० र एन्टिजेन विधिबाट १,२१९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ जना र एन्टिजेन विधिबाट ६७ हजार ०८० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल नेपालमा ३१ हजार ४२७ जना होम आइसोलेसन, ३ हजार ५१५ जना संस्थागत आइसोलेसन, ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ६५ हजार ५४८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३।७ प्रतिशत रहेको छ । आजको तथ्यांकसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...