Admission Open

एनटिभीको कार्यकारी अध्यक्ष महेन्द्र विष्टद्वारा पदबाट राजीनामा

काठमाडौं, २२ साउन : नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन्।
अध्यक्ष विष्टले वर्तमान प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री शेरबहादुर देउवासमक्ष बिहीबार राजीनामा दिएका हुन्।

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीको पालामा चार वर्षका लागि विष्ट नियुक्त भएका थिए। ओलीको बहिर्गमनपछि उनले पनि राजिनामा दिएका छन् ।

पदबाट राजिनामा दिँदै विष्टले आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने लगायतका कार्यहरू भएको उल्लेख गरेका छन् ।
विष्टले यसअघि नेपाल पत्रकार महासंघको अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षलगायतका जिम्मेवारी मा रहेर काम गरिसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...