Admission Open

देशभर भेरोसेल खोपको दोस्रो मात्रा लगाईँदै

काठमाडौं, २३ साउन स् सरकारले कोभिड ९१९० विरुद्धको भेरोसेल खोपको दोस्रोमात्रा लगाउने अभियान साउन २२ गतबाट देशभर सुरु गरेको छ । भेरोसेलको पहिलो मात्रा लगाएर २१ दिन पूरा भएकाहरुले साउन २२ गतेदेखि दोस्रो मात्रा लगाईरहेका छन् ।

काठमाडौंका सबै पालिकालाई खोप केन्द्र तोकिएको छ। यो अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका नागरिकमा भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार हालसम्म १ लाख ६५ हजार नागरिकले भेरोसेल खोपको पहिलोमात्रा लगाएका  छन् । खोप लगाउने क्रममा पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको छ । उक्त कार्ड र विद्युतीय दर्ता नम्बर लिएर आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। र खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर अनिवार्य आफ्नो विवरण इन्ट्री गर्नुपर्ने बताइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...