Admission Open

टिभिएस एनटर्कको नयाँ भर्सन पोखरामा

पोखरा : विश्वमा टु ह्विलर र थ्री ह्विलरको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीको नयाँ स्कुटर बिएस-भिआई कम्प्लायन्सको टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेक्शन (आरटिएफआई)लाई मंगलबरा पोखरामा सार्वजनिक गरिएको छ । टिभिएसको लागि आधिकारिक बिक्रेता बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटरको बिक्री सुरुवात गरिएको हो ।

टिभिएस नेपालका ब्रान्ड एम्बेसेडर कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्काले स्कुटरको बिक्री शुभारम्भ गरेका हुन् । कम्पनीले बिए–भिआई एफआई प्लेटफार्मको दुई संस्करणहरू विकसित गरेको छ । अर्थात् RTFI (Race Tuned Fuel Injection) र EFI (Ecothrust Fuel Injection) । RTFIटेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तहरूमा एक रमाइलो रेसिङ अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा बोल्दै बतास ब्रदर्स प्राइभेट लिमिटेडका महाप्रबन्धक राजेश रानाभाटले पोखरामा बिएस–भिआई कम्प्लायन्सको टिभिएस एनटर्क १२५ स्कुटरलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । ‘आरटी–एफआईको अतिरिक्त स्मार्ट स्कुटर एक सबै भन्दा राम्रो वर्गमा स्वामित्व अनुभव प्रदान गर्नको लागी डिजाइन गरीएको हो,’ उनले भने ‘हामी पोखरा र वरपरका क्षेत्रहरुमा हाम्रा युवा ग्राहकको लागी यो सुरुवातसंगै एक सुरुवातदेखि अन्तसम्मको अनुभव प्रदान गर्नको लागी प्रतिबद्ध छौं । जुन टिभिएस एनटर्क १२५ को अनुभवमा विस्तार हुनेछ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...