Mobile banking

Nepal Telecom

बैठक बस्नु छ घण्टाअघिनै माओवादी केन्द्र स्थायी समितिको बैठक स्थगित

काठमाडौं, १८ साउन : आज दिउँसो ३ बजे माओवादी केन्द्रको पेरिसडाँडा स्थित कार्यालयमा बस्न तय गरिएको स्थायी समितिको बैठक स्थगित गरिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन बाँकी कोटामा मन्त्रीहरुको टुंगो लगाउन बस्ने भनिएको वैठक आन्तरिक छलफलका लागि भनेर स्थगित गरिएको स्रोतले बताएको छ । बैठक आज दिउँसो तीन बजे केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको थियो । आजको बैठकमा माओवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको थियो ।

वर्तमान सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् भने अव बिस्तार हुने मन्त्रीमण्डलमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम अग्रपंतिमा रहेको पनि स्रोतले बताएको थियो तर बैठक बस्नु छ घण्टाअघिनै बैठक स्थगित भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...