Admission Open

नेपालमा थपिए ३ हजार ६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१६ जना कोरोना मुक्त भएका छन भने नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...