Admission Open

ad place

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले ढकढक्याए सर्वोच्चको दैलो

काठमाडौँ, १५ साउन : जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता महन्थ ठाकुरले जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने भनी गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

शुक्रबार दर्ता भएको रिटमा उनले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको ११ साउनको निर्णय बदर गर्न माग गरेका छन् । यसअघि जसपामा रहेको विवादको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च पुगेका महन्त ठाकुर शुक्रबार भने आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगेका हुन् ।

ठाकुरले आयोगको प्रक्रिया रोक्न माग गर्दै अघिल्लो पटक दिएको रिटको पेशी शुक्रबारका लागि तोकिएको थियो । अब उक्त रिट र आज दायर गरेको रिटको एकसाथ सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

ठाकुरले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म यादव पक्षलाई आधिकारिकता दिने आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् ।

‘निर्वाचन आयोगको मिति २०७८र४र११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकोले म समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकोले सुबिधा सन्तुलनको दृष्टिबाटसमेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८र४र११ गतेको निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा उल्लेख छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...