Admission Open

पहुँचवालाकै घरको बाटो जिर्ण अवस्थामा

# दीपक निरौला

विराटनगर, १४ साउन : आउजाउ गर्नका लागि यात्रीले प्रयोग गर्ने सबैभन्दा छोटो बाटो दुहवी –इनरुवा सडक हो । इनरुवा बजारबाट दुहवीसम्म पुग्न सडको लम्बाई चौध किलोमिटर छ । पश्चिमबाट आएका अधिकांस यात्रुको रोजाइमा पर्ने सडक नै यही हो । बलाहा, बरछोवा, औरावनी भमरी, सिमरवना, बुधचोकलगायत यस राजमार्गमा पर्ने स्थानीय बजार हुन् । यसका साथै गडन, औरावनी नहर, जोलाहा, ट्याङ्ग्रा, बुधचौक नहर यस राजमार्गका प्रमुख नbL तथा नहर हुन् । यसको अलवा ग्रामLण वस्ती र उर्वरशिल जमिनमा मौसमअनुसार फलेका फलफूल सागसब्जी, दल्हन ताजा र सस्तो दरमा पाउनु यहाँको विषेशता हो ।

पछिल्लो समय सवारी चापका कारण सडक साँघुरो तथा जLर्ण बन्दै गएको छ । सडकमा ठूलाठूला खाल्टा प्रसस्तै देखिन्छ । त्यसको मारमा स्वयम सवारी चालक र स्थानीय वासिन्दा पर्दै आएका छन् । करिव २० वर्षअगाडि बनेको यो सडकखण्डमा ढल निकासको कुनै व्यवस्था छैन । बiff{याममा परेको पानी सडकको दाँयाबाँया जम्ने र होचो मानववस्तीमा पसेर साह्रैनै समस्या भएको इनरुवा नगरपालिका वडा नं. ५ बलाहाका वडाध्यक्ष अञ्जनीकुमार पोखरेल गुनासो गर्छन् । उनी थप्छन् ‘यो बाटो बनाउने पहल कसैले गरेनन् । हामीसँग वडामा आएको बजेटले यत्रो दुरीको बाटो बनाउन चिताउने कुरै भएन ।’ उनी भन्छन्, ‘फेरि नेपाल सरकार सडक विभागको स्वामित्व भएको हुनाले स्थानीय तहलाई बाटो बनाउने अधिकार हुँदैन ।’ व्यवस्थित ढलसहितको सडक बनाउने पहल आजसम्म कसैले पनि गरेनन् ।

करिब १५ करोडको लागतमा निर्माण सम्पन्न हुनेमा वडाध्यक्ष पोखरेल विश्वस्त छन् । यो सडक काँग्रेसका हस्ती अनि धेरै पटक मन्त्री भएका विजयकुमार गच्छदारको गृहनगरमा पनि पर्छ । उनी आफ्नो गाउँ बाक्लै आउजाउ गर्छन् तर सडकको जीर्णावस्था उनका आँखाले भ्याएनन् । अर्का काँग्रेसका संघीय सांसद सिताराम मेहताले ‘दुहवीहुँदै कौवाखोच’ सम्म व्यवस्थित ढल सहितको सडक तुरुन्तै बनाउछु भन्दै यही नारा भजाएर दुई पटक सांसद तथा राज्यमन्त्री पदसमेत पड्काए । तर, उनको सोच यतातर्फ जान सकेन ।

करिब ४ वर्षको दौरानमा रहेको १ नंं. प्रदेशका विपक्षी दलका नेता राजिव कोइराला खाल्टाखुल्टी परेर जीर्ण भएको र सवारीको चापले थिलथिलो भएको सडक रातदिन प्रयोग गर्छन् । तर उनका आँखा खुलेका छैनन् । प्रदेश सभामा दह्रो आवाज उठाएर सडक निर्माणमा बजेट छुट्याउन यिनको हुती र ह्याउले भ्याएको देखिदैन । पूर्व मेयर तथा एमालेका नेता खेमराज पोखरेल केपी ओलीका विश्वास पात्रका रूपमा मानिन्छन् । त्यसैगरी राप्रपा त्यागगरी एमाले प्रवेश गरेका रमेश श्रेष्ठ पनि माथिल्लो निकायसँग राम्रै पहुँच भएका व्यक्तिका रूपमा गनिए पनि यिनीहरू किन मौन बसेका हुन ?

साविक इनरुवा नगरपालिका क्षेत्रका प्रायः घरलौरीका दरले निजामति कर्मचारी छन् । त्यतिमात्र नभएर अर्थमन्त्रालय बजेट महाशाखा, प्रदेशसभा अर्थमन्त्रालयमा पनि उच्च ओहोदामा समेत कार्यरत छन् । वर्षमा एक पटक आफ्नो गृहनगर पालोपिलो आउजाउ गर्छन् । तर, सडकको दुरावस्थाको बारेमा कसैले चासो दिएको देखिदैन । नेपाली काँग्रेस एमाले, माओवादी, राप्रपा, जसपा पार्टीका स्थानीयदेखि केन्द्रसम्मका सवै नेता आफूहरू पहुँचवाला नै भएको बताउँछन् । यसको मतलव सबै बोलक्कड नै छन् तर तिनको ध्यान किन यतातिर जान नसकेको हो ?

एमालेका नेता पोष्टकुमार नेपाल, नेपाली काँग्रेस जिल्ला सचिव केदार भण्डारी केन्द्रसम्म पहुँच भएकै नेताको रूपमा गनिए पनि उgLहरू समेत कानमा तेल हालेर बसेको देख्दा अचम्ममा परेको स्थानीय कोमल भट्टराई गुनासो गर्छन् ।

सडकमा ठूला खाल्टा परेपछि धेरै धनजनको क्षति भएको छ । सडक विभागले कहिलेकाँही टालाटुली बटुली गरेर झारा टार्ने गरेको छ । हालै सुनसरी जिल्लामा लामै समय प्रमुख जिल्ला अधिकारीबाट सरुवा भएर गएका फणिन्द्रमणी पोखरेल वर्तमान देउवा सरकारले गृह प्रवक्तामा नियुक्त गरेको छ । यही क्षेत्रका वासिन्दासमेत भएको हुनाले पोखरेलले यो सडकको लागि केही पहल कदमी गर्छन् कि भन्ने झिनो आशा पलाएको शिक्षक लावन्यराज निरौलाले बताए ।

पार्टी, व्यक्ति भन्दा माथि उठेर व्यवस्थित ढलसहितको फराकिलो बाटोको अपेक्षा यो क्षेत्रका सर्वसाधारणको परिकल्पना हो । सडक दायाँबायाँ बनेका घरटहरा स्वतस्फूर्त भत्काउन स्थानीयवासी आतुर छन् । पटकपटक यस क्षेत्रका जनतालाई आशाका आरु फलाएर निराशाका नासपाती खुवाउनेहरू किन मौन ? इच्छाशक्ति नभएर वा लंका मार्ने हनुमान पगरी गुथ्ने ढेडु भनेझैँ विषय मतान्तरका कारण यात्रु जोखिम मोल्न बाध्य भएका हुन ?

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...