Admission Open

ad place

महराले उच्च अदालतबाट पनि सफाइ पाए

काठमाडौँ, १२ साउन : संघीय संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ ।

साउन १३ गते मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई नै सदर गर्दै सफाइ दिएको हो ।

जबर्जस्ती करणी मुद्दामा पूर्वसभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले २०७६ साल फागुन ५ गते सफाई दिएको थियो तर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो ।

पूर्वसभामुख महराले सोही आरोपका कारण सभामुख पदबाट राजीनामा दिनुपरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...