Mobile banking

Nepal Telecom

साउन २० गतेबाट सानिमा लाइफको आइपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं, १२ साउन : यही साउन २० गतेबाट सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर ९आइपीओ० निष्काशन तथा बिक्री खुला हुने भएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएपछिको ५४ लाख कित्ता सर्वसाधरणका बिक्री खुला गरेको हो।

कम्पनीको उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।
केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयर एनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

कम्पनीको उक्त आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...