Greetings Dashain

Greetings Dashain

Election Commssion Nepal

मलेशिया र सिंगापुरको विकास चमत्कारपूर्ण कसरी भयो ?

हामीहरूले पनि त्यस्ता राजनेताको सँधै सम्मान गर्न सिक्नु पर्छ । उनीहरूले गरेका सत्कर्मको अनुशरण र अनुकरण गर्न सक्नुपर्छ । नेताको पगरी गुथेर मात्रै देशको विकास सम्भव छैन् । मुलुक बदल्नु पहिले आफू बदलिनु पर्छ । संस्कार सिकाउँन पहिले आफू संस्कारी बन्न सक्नुपर्छ । नेपाल एउटा भू स्वर्ग हो, यसलाई स्वर्गतुल्य बनाउन मलेसियाका डा. महाथीर विन मोहम्मद र सिंगापुरका ली क्वान यु को उदाहरण काफी छ ।

# दीर्घराज प्रसाई

काठमाडौँ ७ साउन : संसारका अरू राजनेताहररूको दाँजोमा मलेसियाका डा. महाथीर विन मोहम्मद र सिंगापुरका ली क्वान यु को स्थान अत्यन्त उच्च छ । संसारमा राष्ट्र निर्माण र राष्ट्रमा स्थिरता कसरी कायम राख्न सकिन्छ भन्ने उदारण बनेका यी महान राजनेता को बारेमा चर्चा गर्नु उपयुक्त समय यही हो झैँ लाग्यो । नेपालको राजनीतिक अस्थिरता निरन्तरको अधोगति देखेर मलाई यी दुई नेताहरूका बारेमा चर्चा नगरी र यीनका कार्यको उल्लेख नगरी बस्नै मन लागेन ।

डा. महाथीर विन मोहम्मद
१६ जुलाई १९८१ देखि २००३ सम्म प्रधानमन्त्री बनेका महाथीरको २२ वर्षको कार्यअवधिमा मलेशियाले धेरै आर्थिक प्रगति गरेको थियो । महाथीर सन १९२५ डिजेम्बर २० मा मलेसिया अलोर सेतारमा जन्मिएका थिए । पछि सन १९४५ देखि उनी राजनीतिमा सक्रिय भएका थिए । उनको राजनीतिक दल होमल्याण्ड फाइटर पार्टी ९ज्यmभबिलम ँष्नजतभचकु एबचतथ० थियो । सन १९८१ मा तत्कालीन प्रधानमन्त्री तुन हुसैन ओनले स्वास्थ्य समस्याका कारण पद छाडेपछि महाथीरले प्रधानमन्त्रीको जिम्मेवारी समाल्न थाले । त्यो समयदेखि २००६ सम्ममा उनले मलेसियामा कायापलट नै गरेका थिए । देशलाई उचाईमा पु¥याउन महाथीरले दृढ संकल्प र अटल प्रतिबद्धताका साथ कार्य गरेका थिए । उनी मलेसियाका चौथो प्रधानमन्त्री थिए ।
डा. महाथीर मोहम्मद सत्तामा आएको समयमा मलेशियामा राज्यहरू बीचमा झगडा भइरहन्थ्यो । मलेशियामा जम्मा १३ ओटा प्रान्त थिए । जसमा ५ प्रान्तमा सुल्तानहरू शासन गर्थे र अरू ८ प्रान्तमा गभर्नरहरूको शासन थियो । ५ सुलतालहरू भएको राज्यमा सधँै झगडा भइरहन्थ्यो । ५ जना सुल्तानहरू पालैपालो मलेशियाको शासन व्यवस्था चलाउँथे । तर आफ्नो पदावधी सकिएपछि कुनै सुल्तानहरू आफ्नो पद छोड्न चाहँदैन थिए । यस उसले मलेशिया अशान्त थियो ।
महावीर मुहम्मद सत्तामा आएपछि संविधानमा नैं संशोधन गरी ५ सुल्तानहरू पालै पालो मलेशियाको शासनसत्तामा रहने व्यवस्था गरिएपछि मलेशियामा सुल्तानहरूको सत्ताका लागि असामञ्जस्यता कहिल्यै भएको छैन । कुनै सुल्तानको ५ वर्ष नपुग्दै मृत्यु भएमा उनको छोरो सत्तामा रहेर ५ वर्षसम्म शासनभार ग्रहण गर्ने परम्परा कायम भयो । यो महाबीरको सबैभन्दा उपलब्धिपूर्ण कार्य थियो । त्यसपछि महावीरले मलेशियाको सांसद हुने व्यक्ति स्नातक हुनै पर्ने नियम बनाए । त्यसपछि स्रोत साधनले भरिपूर्ण मलेशिया, जहाँ प्रशस्त जंगल, पाप ट्रि, टिक प्लाई उडको जंगल, पेट्रोल खानी आदि इत्यादिलाई परिचालन गर्न बहुराष्ट्रिय कम्पनी ९ःगतिष् लबतष्यलब िऋयmउबलथ० निम्त्याए ।

संसारभरमा उद्योगपति सशक्त भएर मलेशियामा आएर उद्योगधन्दाहरू संचालन गर्न थालेकाले अहिलेको मलेशिया समृद्ध बन्न पुगेको हो । यसले गर्दा मलेशिया विकास र निर्माणको बाटोमा उभिन सक्यो । महाथीर उनकी श्रीमती डा. सिती हस्मासँग विवाह बन्धनमा बाँधिएपछि सम्भवतः उनीहरू विश्वकै सबैभन्दा खुशी दम्पत्तिको रुपमा चिनिन्छन् । मोहम्मद भन्छन्, ‘एकले अर्कालाई आदर गर्नु नै सफल दुईबीच लामो समय जीवन जिउनु हो । उनीहरूबीच बिस्तारै प्रेम हुँदै १९५६ मा विवाह बन्धनमा बाँधिएका थिए । सुरुमा हामीहरूबीच मतभेद, तनाव जस्ता सबै कुराहरू हुने गरेका थिए । तर, यी सबै कुराहरू बुढेसकालसँगै हराउँदै गए ।’ पछिल्लो समय दुई दम्पत्तिबीच प्रेम झनै चुलिँदै गयो ।

९५ वर्षसम्म मलेशियाली शासनसत्ता सम्हालेर बसेका प्रधानमन्त्री मोहम्मद मलेसियाको अर्थव्यवस्थामा कायापलट बनाउन सफल एक अनुकरणीय र उदाहरणीय प्रधानमन्त्री हुन् । उनी मलेशियाको इतिहासमा मात्र होइन, विश्वमा नैं एक सफल र वहुपक्षीय दृष्टिकोण भएका राजनेताको रुपमा चर्चित छन् । मलेसियाका भूतपूर्व प्रधानमन्त्री डा. महाथीर मोहम्मद चारदिने भ्रमणका काठमाडौं आएका थिए । काठमाडौंमा प्रधानमन्त्री महाथीरले भनेका थिए, सेवा क्षेत्र, आयोजना एवम् बृहत्तर विकासका हरेक मोडमा निजी क्षेत्रसँगको वास्तविक सहकार्य र ‘कर्पाेरेट टयाक्स’ को समुचित र पारदर्शी व्यवस्थापन आवश्यक कुरा हुन । महाथीर मोहम्मदले भनेजस्तै नेपालमा पनि निजी क्षेत्रसँगको सहकार्यका पक्षमा नीति नियम र कानुनहरू रहेका भए पनि भ्रष्ट सत्ताको कारणले राम्रो विकास हुन सकेन ।
बरू उल्टो नीजिकरणको नाममा देशलाई कंगाल बनाए । नीतिकरणको नाममा २०४८ सालपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले नेपालका ५० भन्दा बढी नाफामा रहेका उद्योगहरू, कारखानाहरू बेचेर खाए । अहिले ती उद्योगहरूको नाम निशाना केही छैन ।
स्वदेशमा लगानीको वातावरण सहज बनाउन सकियो र निजी क्षेत्रलाई कामगर्ने उचित वातावरण निर्माण गर्न सकिएको थियो भने नेपाल जस्तो चौतर्फीरुपमा प्रशस्त प्राकृतिक सम्पदा, जैविक विविधताले सम्पन्न संसारकै अलौकिक भएको देश मलेशियाको हारहारीमा पुग्न कुनै कठिन थिएन ।
मलेशियाका महावीर महम्मद र सिंगापुरमा लि कुवान यु लाई विश्वका सबै विकसित वा समृद्ध राष्ट्रहरूले पनि बिर्सने छैनन ।


लि कुवान यु,  सिंगापुरको आर्थिक समृद्धि र विकासको चरमचुली

विश्वमा बनेका देशहरूको एउटा राम्रो दृष्टान्त सिंगापुरलाई मान्ने गरिएको छ । सिंगापुर आर्थिक समृद्धि र विकासको चरमचुलीमा पुग्यो । सन १९६० को दशकमा सिंगापुर पनि नेपाल जस्तै थियो । प्रधानमन्त्री लि क्वान यूले सिंगापुर बनाउला भनेर कसैले उनलाई सिंगापुरको सत्तामा राखिदिएको थिएन । ‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल’ भनेझैं देश बनाउने नेतृत्वले आफ्नो क्षमता आफ्नै दृढता र जीवन व्यवहारबाट पुष्टि गर्नु पर्ने रहेछ । आज तिनै लि क्वान युलाई आधुनिक सिंगापुरको ‘संस्थापक पिता’ मानिन्छ ।

सन १९६५ मा मलेशिया र सिंहापुर दुई छुट्टाछुट्टै सार्वभौम राष्ट्र भए । मलेशीयन फेडरेशनबाट छुट्टिएको सिंगापुर आज आर्थिक, मानवीय विकास वा सुशासन सुचकहरूमा विश्वका उच्च ७ मुलुकभित्र छ ।

जहाँको पनि देश निर्माणमा ती सम्पदाहरूलाई चिनेर सदुपयोग गर्न सकियो भने गरीव देश पनि सम्वृद्ध बन्छ । दुई ९राष्ट्र निर्माणको मोडेल तयार गर्दा मुख्य ३ वटा तत्व प्रमुख हुन्छन ९ १० जनसंख्या संरचनाको ऐतिहासिकता, २० प्राकृतिक सम्पदा, जलस्रोत, जंगल, ३० भूबनोट, भूराजनीति र आर्थिक संभावना ।
यति धेरै साधन स्रोतहरू हुँदाहुँदै पनि नेपाल भने दरिद्र हुनु पर्ने कारण के ? प्रश्न सबैको मनमा उठ्नु स्वभाविक नै हो । लि क्वान यु भन्छन, ९‘हामी कामबाट सिक्थ्यौं । हाम्रो सफलताको एउटा मात्रै शुत्र थियो, कसरी चिजहरूलाई बढी कामकाजी बनाउने भनेर र निरन्तर अध्ययन गथ्र्यौँ । म कहिल्यै कुनै सिद्धान्तको बन्दी बनिनँ । कारण र यथार्थहरूले मात्र मार्गदर्शन गर्न सक्छ । यदि कमजोर परिणाम दिन्थ्यो भने त्यस्तो चिजमा म थप समय र स्रोत खर्चिन्नथें ।’

ली कुआन यु सन १९२३ सेप्टेम्बरमा जन्मेका हुन प्रारम्भिक शिक्षादीक्षा सिङ्गापुरकै स्कूलमा सम्पन्न गरेका उनले उच्चशिक्षा बेलायतबाट हासिल गरे । स्टामफोर्ड यार्पmल सिङ्गापुरका जन्मदाता हुन भने आधुनिक सिङ्गापुरका जन्मदाता ली कुआन यु हुन । मलेशियाबाट छुटिएर सिंगापुरले सन १९६५ मा स्वाधीनता हासिल गरेको हो । करिब आधा शताब्दिसम्म सिंगापुर आफ्नै कुनै प्राकृतिक स्रोत नभएको टापुको रूपमा रहेको थियो । सिंगापुरका दुई वटा क्यासिनो रिसोर्ट र अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट ठहरिएका छन साथै गगनचुम्बी भवनहरूको भीडका कारण सिंगापुर, हङकङ र अमेरिकाको न्युयोर्कको तुलनामा छ । लीले सिंगापुरले हासिल गरेको आर्थिक र भौतिक उपलब्धिलाई आफ्नो स्मरण पुस्तक ‘फ्रम थर्ड वल्र्ड टु फस्र्टः दि सिंगापुर स्टोरीः १९६५–२०००’ मा राम्ररी उल्लेख गरेका छन ।

लीले सिंगापुरलाई विश्वकै आकर्षित लगानीको गन्तव्यको रूपमा विकास गर्न र देशको भौतिक पूर्वाधारहरूको बेजोड र उदाहरणीय ढंगले निर्माणका लागि कुशल र सिपालु जनशक्ति उत्पादनमा विशेष जोड दिए । सशक्त कर्मचारीतन्त्रका कारणले छोटो समयभित्रै सिंगापुरले आफूलाई संयुक्त राज्य अमेरिका र चीनको गठबन्धन समूहमा राख्न सकेको हो । धार्मिक र जातीय विविधता भएको सिंगापुरमा समय सापेक्ष, आधुनिक, व्यवहारिक र वैज्ञानिक शिक्षाको कार्यान्वयनमा पनि लीले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

अनिवार्य शिक्षा र हरेक तहका जनतामा शिक्षाको पहुँच पुर्याएर लीले आर्थिक समृद्धिका लागि आधारशिला तयार पारेका थिए । भ्रष्टाचार विरुद्ध न्यून सहिष्णुता नीतिका कारण पनि सिंगापुरको व्यापार, व्यवसाय प्रवद्र्धनमा कुनै अवरोध आउने गरेन । ली कुआनले साठीको दशकमा विश्वकै सबैभन्दा गरिब मुलुकमध्ये एकमा गनिने सिंगापुरलाई अहिलको अतिसमृद्ध राष्ट्रको दर्जामा पुर्याएका हुन । ली कुआनले भावी पिँढीका लागि राष्ट्रमा बलियो आर्थिक पूर्वाधार खडा गर्ने लक्ष्य लिएर सिंगापुरमा प्रत्येक व्यक्तिको आर्थिक मूल्य अमेरिकीहरूकै जति उच्च पारेका छन् ।

करिब २० लाखमात्र जनसंख्या रहेको सिंगापुरमा लीले आफ्नो आर्थिक समृद्धिको सपना पूरा गर्न आप्रवासीलाई मुलुकमा भित्त्र्याउनुपर्ने आवश्यकतामा ध्यान दिए । त्यसमाथि पनि उनले प्रतिभावान र सीपयुक्त मानिसलाई आप्रवासीको उच्च प्राथमिकताभित्र राखे । विदेशबाट योग्य डाक्टर, इन्जिनियरहरू खोजेर ल्याउने र सिंहापुरका राम्राराम्रा केटीहरूसँग विबाह गराई दिने र पछि ती आप्रवासी डाक्टर, इन्जिनियरहरूलाई नागरिकता दिलाएर दक्ष जनशक्ति तयार गर्ने ली कुआन यु र्को े चमत्कारपूर्ण कदम थियो ।

सिंगापुरका मानिसहरू जुन जात धर्मको भए तापनि उनले मुसलमान, हिन्दु, इसाईहरुबीचमा आफ्नो धर्म मानेर सबैसँग सुमधुर सम्बन्ध कायम गराउने परिपाटी मिलाउन सकेका थिए । सिंगापुरमा बसाइँ सर्ने आप्रवासीलाई हृदयले स्वागत गर्थे । विदेशी र घरेलु जनशक्तिको एकताकै बलमा सिंगापुरले दशकौंसम्म आर्थिक वृद्धि गर्न सकेको हो ।

सिंगापुरको पूरानो पाया लेवार विमानस्थल साँघुरो महसुस गरिएपछि क्षेत्रीय पारवहन केन्द्रको रूपमा चांगी विमानस्थलको विकास गरिनु लीको महत्त्वपूर्ण निर्णयमध्ये एक हो । सिंगापुरको सुशासन प्रणाली र प्रविधिमा आधारित पारदर्शिता एवं जलीय यातायातको रातारात विकासका कारण यसलाई एसियामा बहुराष्ट्रिय व्यवसायका ९ःगतिष् लबतष्यलब िऋयmउबलथ० का कारणले विकास गरिएको छ। बढ्दो तलबलाई सन्तुलनमा राख्ने, जनताको जीवनशैलीलाई सुधार ल्याउने तथा निरन्तर आर्थिक वृद्धिदर कायम राख्दै आफूलाई उच्च र गुणस्तरीय उत्पादनशील मुलुकको दर्जामा राख्न सिंगापुर अझै प्रयत्नशील रहेको छ । आगामी दिनमा आफूलाई विश्वकै महत्त्वपूर्ण वित्तीय केन्द्रमध्ये एक बनाउनु उड्डयन क्षेत्रमा उदाहरणीय र प्रतिस्पर्धी र विश्वव्यापी बहुराष्ट्रिय कम्पनीहरूको क्षेत्रीय मुख्यालयको रूपमा विकास गर्नुजस्ता लक्ष्य सिंगापुरको रहेको छ ।

पूर्व, पश्चिम तथा दक्षिणतिर अवस्थित विशाल निकटतम छिमेकी राष्ट्र इन्डोनेसिया र उत्तर पश्चिमपट्टीको अर्को निकटतम विशाल छिमेकी राष्ट्र मलेशियाको बीचमा रहेको यो सानो मुलुकको अवस्थिति हेर्दा पूर्व, पश्चिम र दक्षिणतिरको विशाल छिमेकी राष्ट्र भारत र उत्तरतिर अवस्थित नेपालको अवस्थितिसँग लगभग मिल्दोजुल्दो छ ।
काठमाडौं र ललितपुर जिल्लाको क्षेत्रफल जोड्दा हुने क्षेत्रफलभन्दा सानो अर्थात ५७० वर्ग किलोमिटर क्षेत्रफल भएको यो सानो राष्ट्रले प्रतिव्यक्ति आय एसियामा जापानपछि पहिलो छ । दुई छिमेकी राष्ट्र मलेसिया र इन्डोनेसियालाई समेत विकासका धेरै कुरामा उछिन्न सफल भएको छ ।

ली कानुनको अध्ययन समाप्त गरी स्वदेश फर्किएर वकालत गर्न थालेपछि । यही समयमा उनी मजदूर युनियनका कानुनी सल्लाहकार पनि भए । सन १९५४ मा उनकै पहलमा पिपुल्स एक्सन पार्टी नामक राजनीतिक सङ्गठन खडा भयो । उनी त्यसका महासचिव चुनिए र सन १९९२ सम्म महासचिव पदमा कायम रहे । सन १९५५ मा उनी सिङ्गापुर विधानसभाको सदस्यमा चुनिए । सन १९५९ मा स्वशासित सरकारका प्रधानमन्त्री बनेका ली सन १९६३ को सेप्टेम्बरदेखि मलेसियाको एउटा प्रदेशको रूपमा सिङ्गापुर रहँदा पनि सिङ्गापुरको प्रधानमन्त्री थिए र सन १९९० सम्म अर्थात ३१ वर्षसम्म उनी लगातार प्रधानमन्त्री पदमा रहे । सन १९६५ मा सिङ्गापुर स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा स्थापित भयो ।

राष्ट्रलाई समृद्धशाली बनाउने निर्णायक तत्व जनता नै हुन भन्ने ली, तिनका शिक्षा, तालीम, ज्ञान, प्राविधिक क्षमता राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण हुन्छ भन्ने कुरामा उनी विश्वस्त थिए । सन १९५९ को विधान सभाको चुनावमा ५१ सिटमध्ये ४३ सिटमा उनको पार्टीले विजय हासिल गरेपछि प्रधानमन्त्री बनेका लीका सामुन्ने बेरोजगारी, उच्च जनआकाङ्क्षा, विस्तृत भ्रष्टाचार, अधिक हडताल, न्यून लगानी, स्कूल र संघसंस्था तथा सङ्गठनमा देखिएका विकृति, दुःखमय समाजका भारी उपस्थित थिए तर ती समस्या र अप्ठ्याराहरूको समाधानमा निरन्तर गम्भीररूपमा लागेर उनले ती सबैबाट पार पाए ।

३५ वर्षको उमेरमै प्रधानमन्त्रीको पद सम्हालेपछि सरकारको संरचनासँग परिचित हुने र मन्त्रीहरूका कार्यक्षेत्र विषयमा जानकारी राख्ने अठोट गरे । आफ्नो देशको राजनीतिक, आर्थिक तथा सामाजिक समस्या समाधान गर्न तिनका कार्य पद्धति, प्रवृत्ति र कार्यशैलीबारे जानकारी हरेक मन्त्रालयको स्रोत आकलन गर्न र महत्त्वपूर्ण स्रोतको पुनर्परिचालन गर्न चिन्तन गरे ।

सुरुमै अर्थतन्त्रको सुधारका लागि व्यापक औद्योगीकरण, न्यूनमूल्यमा आवास कार्यक्रम, भ्रष्टाचार विरोधी वृहत्तरणनीतिजस्ता कार्यक्रम ल्याएर सन १९६७ मा आर्थिक विकास बोर्ड गठन गरी उनले वैदेशिक लगानी भित्र्याउने प्रयास गरे । वैदेशिक लगानी प्रभावित गर्न उनले आकर्षक कर प्रोत्साहन नियम लागू गर्दै सापेक्षित न्यून वेतनिक दक्ष, अनुशासित श्रमशक्तिलाई ती उद्योगहरूमा आकर्षण गराए ।

त्यसैगरी भूमि, श्रम तथा पूँजिगत स्रोतहरूमा कसिलो नियन्त्रणका नियम बनाए । देशको अर्थतन्त्रको अर्को मजबुत आधार पर्यटन उद्योगलाई बढावा दिए । आधारभूत संरचना निर्माण गर्ने क्रममा हवाइ मैदान, बन्दरगाह, सडक तथा सञ्चार सञ्जाल विकसित गरेर बेरोजगारी घटाउने यस्तो प्रयास गरे ।

यसै अवधिमा पूर्ण रोजगारका कारणले बेरोजगारी त्यहाको समस्या रहेन । भ्रष्टाचार त्यहाँकोको जीवन पद्धतिबाट हराया े। अनावश्यकरूपमा नोकरशाहलाई चोट पुर्याउने र दोषारोपण गर्ने कार्य गर्नु हुदैन । सक्षम, इमानदार र लगनशीललाई प्रोत्साहन र पुरस्कार दिने गर्नुपर्दछ भन्ने दृष्टिकोण भएकाले लीलाई तिनका विश्वास प्राप्त भयो अनि काम गर्न कठिन भएन ।

मन्त्री, सचिव तथा आफ्ना सभासद्हरूलाई शक्तिको उन्मादमा नपर्न र शक्तिको दुरूपयोग नगर्न उनी कडा चेतावनी दिन्थे । सहरको सरसफाइ गर्न जनता तथा मन्त्रीसमेतलाई परिचालित गर्ने मात्र हैन उनी आफैँ पनि सँगै कुचो लिएर बढार्ने गर्थे । उनकै नेतृत्व तथा दृष्टिकोण क्षमताले जुवा खेल्ने, लागू पदार्थ सेवन गर्ने, अश्लील सिनेमा, बहुपत्नी राख्ने, वेश्यालयमा छोरी पठाउने, भ्रष्टाचार गर्ने एवं नातावादमा रुमलिने बानीजस्ता गलत क्रियाकलाप सिङ्गापुर भूमिबाट हट्यो त्यसैले भाषिक तथा जातीय विविधतायुक्त गरी देश सिङ्गापुरलाई सुखमय, शान्तिमय र समृद्धियुक्त बनाउने श्रेय ली कुआन युलाई जान्छ ।

सिंगापुरको जनसंख्या संरचनामा मुख्य तीन जाति तथा भाषिक समूह मिलेर बनेको थियो । चिनियाँ, मले र इन्डियन, इन्डियनमा पनि विशेषतः तमिल । सिंगापुर आएका चिनियाँहरू मूलतः दक्षिण चीनका आप्रवासीहरू थिए । उनीहरू मेन्डरिन बोल्थे । मलेहरू मले बोल्थे । भारतीयहरू तमिल । धार्मिक हिसाबले चिनियाँहरू कन्फुसियसवादी अभ्यासमा आधारित बुद्धिष्ट थिए । मलेहरू मुस्लिम धर्म मान्थे । इन्डियनहरू हिन्दू । यी तीनवटै आप्रवासी समुदायको आआफ्नै धारणा, सामाजिक मूल्य मान्यता र ऐतिहासिक मनोविज्ञान थियो ।

अर्कातिर सिंगापुर लामो समय बेलायती साम्राज्यको आधिनमा रहेको हुँदा पश्चिमा संस्कृति र अंग्रेजी भाषाको प्रभाव सबै जातीय समूहमा उत्तिकै थियो । क्रिश्चियानिटी उत्तिकै बढ्दै थियो । यो अवधिमा सिंगापुरका सबै समुदायमा पश्चिमाकरणको एक सहज प्रवृति र साझापन विकास भएको थियो । लि क्वान भन्छन, ‘आर्थिक कारणले मात्र जातीय तथा सांस्कृतिक झुकावको अन्त्य नहुने रहेछ ।’ यो शुत्रमा आधारित भएर उनले ‘सिंगापुर समावेशिता’ को मोडेल निर्माण गरे । यी सबै मनोभावनालाई जोडनु, स्वतन्त्र सिंगापुरमा सबैको साझा भविश्य सम्भव छ भनेर प्रत्याभूत गर्नु पाप पार्टी र लि क्वान युको मुख्य चुनौति थियो ।

कम्युनिष्ट चीनसँग नजिकिने, बेलायत सिंगापुर छोड्न तयार हुँदैनथ्यो । चीन हिन्दचीन क्षेत्रका सशस्त्र कम्युनिष्ट समूहलाई भित्रभित्रै सहयोग गर्दै थियो । अमेरिका त्यसलाई रोक्न चाहन्थ्यो । यस्तो बेला लि क्वान यूले बेलायती सेनालाई फकाएर फिर्ता पठाए । तर, बेलायतसँग न नजिक र न टाढाको व्यवहार गरे । इन्डोनेशियालाई फकाएर शत्रुबाट मित्रु बनाए ।

सिंगापुरमा सेना निर्माणमा इजरायलको सहयोग लिए । भारत र सोभियत रुसलाई विश्वस्त राखे र अमेरिकी लगानीलाई व्यापक रुपमा भित्र्याए । आधुनिक सिंगापुरका संस्थापक ली कुआन यु को ९१ वर्षको उमेरमा २०७८ साल असार १५ गते, सन २०२१ जुन २९ मा निधन भएको हो । उनको शासन प्रणालीमा, उनी आफ्रना निर्णय र कार्यमा सँधै समर्पित र कटिवद्ध भएकाले उनलाई निरंकुश भनेर कोही कोहीले आरोप पनि गर्ने गर्थे । तर त्यस्ताउस्ता केही त्रुटि रहे पनि लीलाई सिंगापुरमा अधिकांश जनताले सम्मान गर्दछन् ।

हामीहरूले पनि त्यस्ता राजनेताको सँधै सम्मान गर्न सिक्नु पर्छ । उनीहरूले गरेका सत्कर्मको अनुशरण र अनुकरण गर्न सक्नुपर्छ । नेताको पगरी गुथेर मात्रै देशको विकास सम्भव छैन् । मुलुक बदल्नु पहिले आफू बदलिनु पर्छ । संस्कार सिकाउँन पहिले आफू संस्कारी बन्न सक्नुपर्छ । नेपाल एउटा भू स्वर्ग हो, यसलाई स्वर्गतुल्य बनाउन मलेसियाका डा. महाथीर विन मोहम्मद र सिंगापुरका ली क्वान यु को उदाहरण काफी छ ।

Email:dirgharajprasai@gmail.com

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...