Admission Open

आज सुनको भाउ घट्यो

काठमाडौं, ६ साउन : आज सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।
आज, तेजाबी सुनको भाउ पनि प्रतितोला ७ सयले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम रहेको जानकारी गराएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...