Admission Open

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ साउन १४ गतेबाट निष्काशन हुने

काठमाडौं : मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेबाट सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ । कम्पनीले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर ९आईपीओ० निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर विक्री गरेको थियो । बाँकी २० प्रतिशत सर्वसाधारण लागि विक्री गर्न लागिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...