Admission Open

अकलादेवी मन्दिरको मूर्ति चोरी   

दमौली, ५ साउन : म्याग्दे गाउँपालिका–६ स्थित अकलादेवी मन्दिरको मूर्ति सोमबार राति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले कुकुरसहितको टोलीले आज बिहानदेखि अनुसन्धान थालिसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरमा भक्तजनले चढाएका तीन÷चारवटा मूर्ति चोरी भएको छ । मन्दिरको मुख्य मूर्ति भने सुरक्षित रहेको उहाँले बताउनुभयो । “मन्दिरमा पनि तोडफोड भएको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानबाट सबै कुरा पत्ता लगाउने काम थालेका छौँ ।”पृथ्वीराजमार्गसँगै जोडिएको उक्त मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल हो । यहाँ पूजाआजा गर्नका लागि छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गर्दछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...