Admission Open

ad place

कारोना अपडेट : नेपालमा गएको २४ घण्टामा ३ हजार १०८ जना संक्रमित, २५ जनाको मृत्यु

काठमाडौं, ५ साउन नेपालमा गएको २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण गरिएकोमा ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको र कोरोना संक्रमणबाट २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।

गएको २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्तभएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...