Admission Open

(HIDCL) को हकप्रद शेयर आजदेखि बिक्री खुला

काठमाडौं, ५ साउन : हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (HIDCL) ले आजदेखि १ः१ हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी ११ अर्बको आधारमा एक सय रुपैयाँ अंकित दरको ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसैले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । योग्य आवेदकहरुले साउन २५ गतेसम्म आफ्नो हक बमोजिममको शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यस हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...