Admission Open

     मृतावस्थामा दुई गैँडा फेला   

चितवन, ४ साउन : चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्काे बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो । उहाँले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताउनुभयो ।

यसैगरी अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उहाँले दुबै प्राकृतिक कारणले मरेको बताउनुभयो । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी शिकारीले निकुञ्जमा ३२ गैँडा मरेका थिए । अघिल्लो आवमा प्राकृतिक कारणले २६ गँैंडा मरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...