Admission Open

गएको २४ घण्टामा नेपालमा थपिए २ हजार ६७६ कोरोना संक्रमित, ३३ को निधन

काठमाडौं, ३१ असार : नेपालमा गएको २४ घण्टामा २ हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७६८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ । गएको २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ७५७ जना रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने गएको २४ घण्टामा ३३ संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...