Admission Open

सामूहिक सूर्यमुखी खेती


तनहुँ : चार युवा मिलेर सूर्यमुखी खेती थालेका छन् । म्याग्दे गाउँपालिका–३ स्थित पसले कोसेटारका युवाले खाने तेलको मूल्य दिन प्रतिदिन बढ्दै जान थालेपछि आत्मनिर्भर बन्ने उद्देश्यल खेती थालेका हुन् । स्थानीयवासी राम घिमिरे, दीपक रामदाम, प्रतिक श्रेष्ठ र मनबहादुर आले मिलेर सूर्यमुखी खेतीको साथै ड्राइभिङ ट्रेनिङ सेन्टर र ह्याप्पी खाजा घरसमेत सञ्चालन गर्दै आएका छन् । रोजगारीका सिलसिलामा नौ वर्ष साउदीमा समय बिताउनुभएका घिमिरेले स्वदेशमै बसेर परिश्रम गरी केही गरौँ भन्ने सोचका साथ काम गर्न लागिएको बताउनुभयो ।

बालबालिकालाई मनोरञ्जन प्रदान गर्न खाजाघर परिसरमा बालोद्यान निर्माण हुने भएको छ । करीब छ रोपनी आफ्नै जग्गामा उद्यान बनाउन लगिएको हो । आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले बालोद्यान बनाइन लागिएको सञ्चालक दीपक रामदामले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...