Admission Open

ad place

तेह्रथुम पावरले पायो आईपिओ निष्काशनको अनुमति

काठमाडौँ : तेह्रथुम पावर कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको आईपिओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आईपिओ निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई निष्काशन गर्ने छ ।

कम्पनीले कूल १२ लाख कित्तमध्ये ४ लाख कित्ता आयोजना प्रभाबित र स्थानीयलाई दिएपछि बाँकी ८ लाख बित्ता सर्वसाधारणलाई निष्काशन हुनेछ । कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।
कम्पनीले तेह्रथुम जिल्लाको अपर खोरुङ्गा खोलामा साढे ७ मेघावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...