काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठक अहिले ४ बजे बस्दै छ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।
