Admission Open

ad place

११ हजार ३१३ जनाको परीक्षण गर्दा २,२३९ जनामा कोरोना संक्रमण पुष्टी, २० जनाको निधन

काठमाडौं, २५ असार : नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना रएन्टिजेन विधिबाट ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको निधन भएको छ भने १ हजार ३१६ जना संक्रमण मुक्त भएका छन् ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् । जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...