Admission Open

ad place

बिहीबार २३ अंकले बढ्यो नेप्से, ४ अर्ब ८१ करोडको कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २३ दशमलव ९७ अंकले बढेर २,८२५ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज १५९ कम्पनीको शेयर मुल्य बढेको छ भने २० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २२३ वटा कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य ३ रुपैयाँले बढेको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको १७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएउको छ । अपर तामाकोशीको १२ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् । अन्त्यमा

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...