Admission Open

ad place

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं, २४ असार : यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६४ लाख ५० हजार कित्ता आईपीओ आजदेखि बिक्री खुल्ला भएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो।

कम्पनीले कर्मचारीहरुलाई ५ प्रतिशत र सामूहिक लागनीकोषहरुलाई ५ प्रतिशत छुट्याएपछिको बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको हो।
सर्बसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीको बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।
हालको १० कित्ता नियम अनुसार ५ लाख ८० हजार ५०० लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् । त्यसैले यूनियन लाइफ इन्स्योरेन्सको आईपिओमा पनि दश कित्ता मात्र आवेदन दिँदा पनि हुन्छ।

कम्पनीको आईपीओमा असार २४ गतेदेखि छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने छ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् भने अनलाईनमार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...