Admission Open

अष्टाङ्ग योग : के हुन आठ अवयववाल योग ?

[ भगवान प्राप्ति अर्थात राजयोगको वैज्ञानिक बाटो भनेको अष्टाङ्ग योग हो : महर्षि पतञ्जलि ]

“यमनियामासनप्राणायामप्रत्याहारधारणाध्यानसमाधयोक्ष्टावङ्गनि ।।”

 

# केशव आचार्य

संसारमा जति पनि मानिसहरू छन् । उनीहरू सुख र शान्ति चाहन्छन् । व्यक्ति मात्र होईन विश्व नै शान्ति चाहन्छ । त्यसैले सम्पूर्ण विश्वलाई शान्तिमय बनाउने एउटै उपाय छ, त्यो हो महर्षि पतञ्जलिद्वारा प्रतिपादित अष्टाङ्ग योगको पालना ।

भगवान प्राप्ति अर्थात राजयोगको वैज्ञानिक बाटो भनेको अष्टाङ्ग योग हो । महर्षि पतञ्जलि प्रथम व्यक्ति थिए, जसले यसप्रकारको वैज्ञानिक योगको अभ्यासका बारेमा पूर्णरुपमा बताएका छन् । पतञ्जलिले आफ्नो पुस्तक ‘योगसूत्र’ मा अष्टाङ्ग योगको पूर्णरुपमा व्याख्या गरेका छन् । यसप्रकारको योगमा भगवानलाई मूलतः शुद्ध चेतना शक्ति मानिन्छ ।

अष्टाङ्ग योगको अर्थ हुन्छ, आठ ‘अवयववाल योग’

के हुन त आठ अवयववाल योग ?
महर्षि पतञ्जलिको योगसूत्रमा ‘अवयववाल योग’ को व्याख्या यसरी गरिएको छ :-
“यमनियामासनप्राणायामप्रत्याहारधारणाध्यानसमाधयोक्ष्टावङ्गनि ।।”
योगसूत्र २/२९ (अर्थात यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, र सामाधि )

१. यम
अष्टाङ्ग योगको प्रथम अङ्ग हो यम । योगसूत्रमा यमलाई यसरी व्याख्या गरिएको छ :-
अहिंसासत्यास्तेयब्रम्हाचर्यपरिग्रहास् यम: (योगसूत्र २/३०)
क) अहिंसा :
अहिंसाको अर्थ हुन्छ , कुनै पनि प्राणीलाई मन, वचन र कर्मद्वारा दुख, कष्ट नदिनु ।
ख) सत्य : जस्तो देखियो , सुनियो ,जानियो तथा जस्तो भाव मनमा रहयो त्यसलाई सत्य भानिन्छ ।
ग) असत्य : सत्यलाई नलुकाउंनु असत्य हो ।
घ) ब्रह्मचर्य : ब्रह्मचर्यको अर्थ, विवाह नगरी बस्नु भन्ने होइन , विर्य खेर नफाल्नु, उत्तेजना ल्याउने खानपान नगर्नु आदिलाई ब्रह्मचर्य                      भनिन्छ ।
ङ) अपरिग्रह : आफूसँग जे छ त्यसैमा सन्तुष्ट हुने लक्ष्य राख्नु, इश्वरको आराधनामा निरन्तर रहनु अपरिग्रह हो ।

२. नियम
अष्टाङ्ग योगको दोश्रो आधारभूत अङ्ग नियम हो । योगसूत्रमा नियमलाई यसरी व्याख्या गरिएको छ :-
शौचसन्तोषतपः स्वाध्यायश्रोरप्रनिधानानि नियमाः । (योगसूत्र २/३२)
क) शौचः दिनहुँ शुद्ध जलबाट नुहाँउनु , विद्या वा तप बाट आत्मा शुद्ध गर्नुलाई शौच भनिन्छ ।
ख) सन्तोषः आफूसँग जे छ त्यसैमा सुखी हुनु, सन्तुष्ट हुनु, धेरै आस नगर्नुलाई सन्तोष भनिन्छ ।
ग) तप : आफ्नो जीवनमा आइपरेका समस्याहरू स्वीकार गर्दै, निरन्तर, विचलित नभई आफ्नो लक्ष्यमा पुग्नुलाई तप भनिन्छ ।
घ) स्वाध्याय : स्वः अध्याय अर्थात वेद (उपनिषद , योगदर्शन , गीता, आदि सत्यसँग सम्बन्धित छन् तिनीहरूको श्रद्धापूर्वक अध्ययन                   गर्नुलाई स्वाध्याय भनिन्छ ।
ङ) ईश्वर (प्रनिधानः पूर्ण श्रद्धा, भक्तिका साथ आपूmले जे जती कार्य गरिएको छ, त्यसलाई भगवानमा समर्पण गर्नुलाई ईश्वर (प्रनिध्यान                भनिन्छ ।

३. आसन


अष्टाङ्ग योगको तेस्रो अङ्ग आशन हो । योगसूत्रमा आशनलाई यसरी व्याख्या गरिएको छ :-
‘स्थिरसुखामासनम्’ । (योगसूत्र २/४६)
अर्थात पद्मासन, बज्रासन, सिद्धासन वा सुखासन आदि कुनै आसनमा स्थिर र सुखपूर्वक बस्नुलाई आसन भनिन्छ ।

४) प्राणायाम 
अष्टाङ्ग योगको चौथो अङ्ग प्राणायाम हो । योगसूत्रमा प्राणायामलाई यसरी व्याख्या गरिएको छ :-
तस्मिन् सति श्वासप्रश्वासयोगर्तिविच्छेदः प्राणायाम ः । (योगसूत्र २।४९)
अर्थात आसन स्थिर भएपछि श्वास भित्र लिने र श्वास बाहिर छोड्ने स्वाभाविक गतिलाई विछिन्न गर्नुलाई प्राणायाम भनिन्छ ।

५) प्रत्याहार
अष्टाङ्ग योगको पाँचौ अङ्ग प्रत्याहार हो । योगसूत्रमा प्रत्याहारलाई यसरी व्याख्या गरिएको छ :-
‘स्वविषयासम्प्रोयोगे चित्तस्वरुपानुकार इवेन्द्रियाणा प्रत्याहारः’ । (योगसूत्र २।५४)
अर्थात भौतिक वस्तुको आकर्षणबाट इन्द्रियलाई रोक्नुलाई प्रत्याहार भनिन्छ ।

६) धारणा
अष्टाङ्ग योगको छैटौँ अङ्ग धारणा हो । योगसूत्रमा धारणालाई यसरी व्याख्या गरिएको छ :-
‘देशबन्धश्रित्तस्य धारणा’ । (योगसूत्र ३/१)
अर्थात इन्द्रियहरू बसमा भइसके पछि मनलाई कतै एक बिन्दु (नाभिचक्र , हृदय चक्र आदि) मा केन्द्रित गर्नुलाई धारणा भनिन्छ ।

७) ध्यान


अष्टाङ्ग योगको सातौँ अङ्ग ध्यान हो । योगसूत्रमा ध्यानलाई यसरी व्याख्या गरिएको छ :-
‘तत्र प्रत्ययेकतानता ध्यानम’ । (योगसूत्र ३/२)
अर्थात त्यो एक बिन्दुमा रहेर भगवानप्रति लीन हुनुलाई ध्यान भनिन्छ ।

८) समाधि 
अष्टाङ्ग योगको अन्तिम वा आठौँ अङ्ग समाधि हो । योगसूत्रमा समाधिलाई यसरी व्याख्या गरिएको छ :-
‘तदेवार्थमत्रनिर्भासं स्व्रुपशुन्यमिव समाधि’ । (योगसूत्र ३/३)
अर्थात आत्माका सबै स्वरुपको ज्ञान प्राप्तिको अन्तिम स्थितिलाई समाधि भनिन्छ ।
अष्टाङ्ग योगको पालना गर्नाले व्यक्ति योगी बन्छ । अष्टाङ्ग योग, योगीका लागि मात्र हैन जो व्यक्ति स्वयं सुखी हुन चाहन्छ र अरूलाई पनि सुखी देख्न चाहन्छ तिनीहरूका लागि अष्टाङ्ग योग पालना गर्नु अनिवार्य हो ।

[लेखक : पतञ्जली योग समिति नेपालका सह-योग प्रशिक्षक हुनुहुन्छ।]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...