Admission Open

ad place

कृषकलाई बोयर जातको बिउ-बोका वितरण

सुनसरी : इटहरी उपमहानगरपालिकाले कृषकलाई बाख्रा पालनमा आम्दानी बढाउने उद्देश्यले २१ वटा वोयर जातका बिउ-बोका वितरण गरेको छ । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बिउ-बोका वितरण गर्नुभएको हो ।

इटहरी उपमहानगरपालिका पशुपंक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमअन्तर्गत कृषि फर्म संचालक कृषकहरुलाई १३ वटा बोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । अन्य बोका-बाख्रा पकेट कार्यक्रम लागू भएको इटहरी १८ को शिहंदेवी कृषि शहकारी संस्थामा आवद्ध कृषि समूहलाई वितरण गरिएको उपमेयर गौतमले जानकारी दिनुभएको हो ।

समूहमा वितरण गरिएका बोका खरिदमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । त्यहाँका कृषकहरुलाई केही दिनभित्रैमा सय वटा बोयर जातका बाख्राका पाठी वितरण गर्ने कार्यक्रम रहेको छ । कृषकलाई वितरण गरिएको बोकाको मूल्य ५० हजारदेखि १ लाख ५० हजारसम्म रहेको उपमेयर गौतमले बताउनु भयो । गत वर्ष वितरित बाख्राबाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीसम्म भएपछि मासु उत्पादनमा कृषकलाई धेरै आम्दानी हुने भएकाले उपमहानगरले बोका वितरण गरिएको उपमेयर गौतमको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...