Admission Open

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप्यो

काठमाडौं, १२ असार : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको छ। बोर्डले यही असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको जनाएको छ । गत चैत मसान्तसम्म आवेदन फारम बुझाउने म्याद राखिएकोमा थियो।

विविध कारणले चैत मसान्तसम्म फारम बुझाउन नसकेका वा छुटेकाहरुलाई दोब्बर दस्तुर लिएर यही असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षाले जनाएको छ । बोर्डको सूचना अनुसार रजिष्ट्रेसनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार दुईसय रुपैयाँ लाग्ने छ ।

रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाइएको छ ।

कक्षा १२ नियमित, आंशिक र ग्रेडवृद्धि (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक ७० वा सोभन्दा माथि भएकाले) फारम बुझाउन सक्नेछन् ।

यसैगरी कक्षा ११ को आंशिक र ग्रेडवृद्धि मात्र (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक, ७०, ७१, ७२, ७३, ७४, ७५ र ७६ भएका) ले फारम बुझाउन सक्ने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...