Admission Open

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, निजी सवारी र ट्याक्सीसमेत जोर-बिजोर प्रणालीमा चल्ने

काठमाडौँ, ८ असार : काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको छ । यससँगै बजार र सडकमा विहानै मानिसहरुको चहलपहल बढेको छ । विहान सबेरैदेखि असनबजारमा तरकारी र खुद्रा पसल गर्नेहरुको भिड लागेको छ ।

आजैदेखि जोर बिजोरका आधारमा निजी सवारी सञ्चालन गर्न पाइने भएकोले सवारीको चाप पनि निकै बढेको छ भने उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ । यी पसल आइतवार र बिहीवार पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने छ ।

यस्तै सोमबार, बुधबार र शुक्रबार शपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने छ । खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर, स्टेशनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

निर्माणजन्य सामग्री पसल हार्डवेयर, स्यानिटरी, फर्निचर कार्पेटिङ दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी काठमाण्डौ उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । वर्कशप बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन क्षेत्र, सैलुन, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, दर्शकसहितका खेलकुद तथा भीडभाडका कार्यक्रम सञ्चालन गर्न भने पाइने छैन । फुटपाथको व्यापारमा पनि रोक लगाइएको छ ।

कार, जीप, भ्यानमा बढीमा चार जना तथा ट्याक्सीमा बढीमा तीन जना चढ्न पाइने छ । पठनपाठन अनलाइन तथा वैदेशिक अध्ययन र डीभी परेका व्यक्ति तथा कुटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यक्रम सञ्चालन हुनेछन् ।

सरकारी कार्यालयमा आलो पालो गरी न्यूनतम जनशक्तिबाट सेवा दिने तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गने निर्णय भएको छ ।

उपत्यकाबाहेकका अरु जिल्लाहरुले पनि यसैगरी निषेधाज्ञा खुकुलो बनाएको छ । विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोस् :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...