Admission Open

हेटौँडाका अधिकांश पसल खुल्ने    

हेटौँडा : हेटौँडाका अधिकांश पसल बिहान र दिउँसो पालैपालोसँग चल्न पाउने गरी स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा थप गरेको छ । सवारी साधन पनि जोरबिजोर गरेर सञ्चालन गर्न दिने तर निषेधाज्ञा भने एक साता थप गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्णय गरेको छ ।

बैठकले फलफूल, खाद्यान्न र तरकारी पसल बिहान ४ः०० देखि दिउँसो १२ः०० बजेसम्म र हार्डवेयर, कपडा, जुत्ता र कस्मेटिक पसल दिउँसो १२ः०० देखि ४ः०० बजेसम्म खुलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । समय निर्धारण गरी पसल खुल्ने, गाडी चल्ने गरी फेरि पनि खुकुलो लकडाउन कायमै गरी निषेधाज्ञा थप गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...