Admission Open

सुनसरीको इटहरीमा तयार भयो १५ मुसहर परिवारलाई नयाँ घर

सुनसरी  : सुनसरीको इटहरी उपमहानगरपालिकामा अव्यवस्थित रुपमा बसोवास गर्दे आएका मुसहर परिवारका लागि सामुहिक मुसहर बस्ती तयार गरिएको छ ।

घरवार विहीन मुसहर परिवारलाई व्यवस्थित बसोवासका लागि इटहरी उपमहानगरपालिकाले वडा नम्बर १६ को टिटिही टोलमा १५ घरपरिवारका लागि घर निर्माण सम्पन्न गरेको छ ।

इटहरीका विभिन्न स्थानमा बाटो अतिक्रमण गरी बसेका मुसहर समुदायलाई जिवीकोपार्जनमा सहयोग र उनीहरुको जीवनयापनलाई थप व्यवस्थित बनाउनले उदेश्यले इटहरी उपमहानगरपालिकाले वडा नम्बर १६ को टिटिही टोलमा १५ मुसहर घरपरिवारलाई भुकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् । कोरोना माहामारीको समयमा पनि मुसहर समुदायलाई सुरक्षित स्थानमा व्यवस्थित गर्ने उदेश्यले सामुहिक मुसहर बस्ती निर्माण गरिएको उनको भनाइ छ ।

सामुहिक मुसहर बस्तीमा अहिले १५ परिवारका लागि घर निर्माण भैसकेको छ । बस्तीको सुन्दरताका लागि एक सामुदायिक भवन, एक दिनभद्री (मुसहर समुदायको मन्दिर), चिल्ड्रेन पार्क, र बोट र बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको उपमेयर गौतमले बताइन् । अबको केही दिनमै सामुहिक बस्तीमा जाने मोटरबाटोको काम सक्नासाथ पहिलो चरणमा नौ मुसहर घरपरिवारलाई बस्तीमा सारिने उनको भनाइ छ ।

पहिलो चरणको सामुयिक मुसहर बस्ती निर्माणमा हालसम्म एक करोड भन्दा बढि रकम खर्च भैसकेको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जिवन घिमिरेले बताए । मुसहर बस्तीमा निर्माण गरिएको भुकम्प प्रतिरोधात्मक भवनमा दुईटा कोठा, एक किचन र ट्वाईलेट, बाथरुम र खानेपानीको टुवेल निर्माण गरिएको छ । मुसहर बस्तीमा गत साल ९ वटा र यसपाली ६ वटा गरी १५ घर निर्माण गरिएको ईन्जिनियर घिमिरेले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...