Admission Open

डमरुवल्लभ र लकडाउन कविता

कर्ममा तपस्यारत किसानजस्तै साहित्यमा साधनारत एक व्यक्तित्वको रुप- डमरुबल्लभ भण्डारी

# दीपक निरौला

[ नेपालको जुनसुकै भूगोलमा जन्मिएको व्यक्ति भएपनि ऊ आफ्नो भूगोलभरि स्वतन्त्र हुन्छ । ]

‘टाढाको देउताभन्दा नजिकको भूत काम लाग्छ’ भन्ने वाक्यांशभन्दा विपरित रहेको छ हाम्रो समाज । किनभने देश विदेशमा नाम कमाएको व्यक्ति स्थानीय समाजमा ‘फिट’ नहुन हुन्छ । लेखनशैली भनेको चानचुने कुरा होइन । जो कसैले भाँती पु¥याएर लेख्न सक्दैन । कवि साहित्यकार बन्ने रहर धरैलाई हुन सक्छ । तर केही समय लेखेपछि चिनो नै हराउने गरी साहित्यको फाँटबाट लेखकहररू हराएका कैयौँ उदाहरण छन् । साहित्य क्षेत्रमा सबैले भाँती पु¥याउछन् भन्ने छैन । जसले लामो समय निरन्तरता दिन्छ ऊ नै राम्रो साहित्य लेख्न सफल हुन्छ । तर यो अकाट्य सत्य भने होइन । छोटो समयमा आफ्नो विराट प्रतिभा देखाउने केही साहित्यकारहरुको उदाहरण पनि हामीसँग छ ।

[ केही समय लेखेपछि चिनो नै हराउने गरी साहित्यको फाँटबाट लेखकहररू हराएका कैयौँ उदाहरण छन् ]

पूर्वी तराई अन्तर्गत इनरुवा क्षेत्रमा गहिरो इनारको चिसो पानी खाएर साहित्य क्षेत्रमा करिव ५ दशक लामो साधना गरेका व्यक्तित्व हुन् डमरुबल्लभ भण्डारी । कतिपय उनका रचना व्यक्तिगत र पारिवारिक विषयमा केन्द्रित छन् । यसलाई सामाजिक दायरासम्म पु¥याउनु उनका लागि चुनौती छ । आलोचनालाई स्वीकार्दै लेखनमा परिमार्जन गर्दै गएको खण्डमा भण्डारीको प्रतिभाले अझै विस्तृती प्राप्त गर्नेछ ।
लेख्नेले भावना लेख्छ । भावनासँग विचार जोड्छ । पढ्नेले अक्षर पढ्छ । आफ्ना अनुभूतिसँग लेखकका अनुभूतिलाई जोड्छ । लेखनकलामा दखल राख्ने व्यक्तिले लेखनकलाको अर्थात् साहित्यकारको भावनाको कदर गर्छ । भण्डारी साहित्य क्षेत्रका परिश्रमी व्यक्ति हुन् । गर्मीको कडा घाममा डामिदै, कठाङ्ग्रिदो ठिही तथा मनसुनको मुुसलधारे वर्षाले पनि किसानको साधनालाई तोड्न सक्दैन । कर्ममा तपस्यारत किसानजस्तै साहित्यमा साधनारत एक व्यक्तित्वको रुपमा डमरुबल्लभ भण्डारीलाई लिन सकिन्छ । मिठो मख्खन मथ्ने आशमा दिनरात उनी साहित्यको मदानी घोटी रहेका हुन्छन् ।

[ लेख्नेले भावना लेख्छ । भावनासँग विचार जोड्छ । पढ्नेले अक्षर पढ्छ । आफ्ना अनुभूतिसँग लेखकका अनुभूतिलाई जोड्छ । लेखनकलामा दखल राख्ने व्यक्तिले लेखनकलाको अर्थात् साहित्यकारको भावनाको कदर गर्छ । ]


केही थान महाकाव्यसमेत तयार पारेको दावी गर्ने यी साहित्यिक मनुवा लेखनीबाट विश्राम लिने पक्षमा छैनन् । लेखनीमा आफ्नो जिद्दीपना नछोड्नु भण्डारीको सराहनीय पक्ष हो । कोभिड–१९ को पहिलो महामारी सुरु हुनुभन्दा केही अगाडि उनी श्रीमतीसहित तीर्थाटनका लागि भारत निस्किएका थिए । दुर्भाग्यवश, करिब २ महिना बन्दाबन्दीको खोरमा थुनिन पुगे । भारतीय भूमिमा निकै त्रासका साथ समय गुजारेर उनी स्वदेश फर्किए । फर्कनासाथ उनी कोभिडबाट गम्भीर रुपमा सङ्क्रमित भए । करिव १४ दिन अस्पतालको ‘भ्यान्टिलेटर’मा बिताउनु प¥यो । एक अर्थमा उनले पुनर्जीवन प्राप्त गरे । बन्दाबन्दी र कोरोनाको प्रत्यक्ष साक्षात्कारलाई समेटेर ए, सकुन्तला !!! लकडाउन ! नामको पुस्तक निकाले । नेपाली साहित्यका निम्ति यो एक उपलब्धी हो ।


करिव एक सयओटा रचना उक्त कृतिमा समावेश गरिएको छ । यो कृति उनले सुदूर–पश्चिमको चाँदनी दोधारामा विमोचन गराएका थिए । सुदूर–पूर्वको व्यक्तिले सुदूर–पश्चिमको जनप्रतिनिधिलाई विमोचन गराएर नौलो प्रयोग गराएका छन् । नेपालको जुनसुकै भूगोलमा जन्मिएको व्यक्ति भएपनि ऊ आफ्नो भूगोलभरि स्वतन्त्र हुन्छ । यो संविधानले नै प्रत्याभूत गरेको विषय हो । चाँदनी दोधारामा पुस्तक विमोचन गराएर साहित्यकार भण्डारीले उदारताको एउटा उदाहरण प्रस्तुत गरेका छन् । यसको साङ्केतिक महत्व छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...