Admission Open

वीर अस्पताल पूर्णरूपमा सञ्चालन    

काठमाडौँ, १ असार : प्रमुख प्रशासकीय अधिकारीमा डा गौतमले केन्द्रीय युनिफाइड अस्पतालमा ५०० शय्या सञ्चालन पूरा तयारी गरिएको जानकारी दिनुभयो । उहाँले तरल अक्जिसन प्लान्ट र दुई वटा अक्सिजन प्लान्ट जडान गरिसकेपछि अस्पताललाई पूर्णरूपमा सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार आगामी विहीबारसम्म अक्सिजन प्लान्ट आइपुग्ने छ । अहिले वीरले अक्सिजन सिलिण्डरबाट बिरामीको उपचार गरिरहेको छ ।

अहिले केन्द्रीय युनिफाइड अस्पतालमा १३० जना सङ्क्रमितको उपचार भइरहेको छ । वीरको ५०० शय्याको नयाँ सर्जिकल भवनमा नै उक्त अस्पताल सञ्चालन हुने छ । यही जेठ ६ गते कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीरलाई युनिफाइड केन्द्रीय अस्पतालको रूपमा सञ्चालन ल्याउने निर्णय गरेको थियो ।

युनिफाइड अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेसन, हाइ डिपिडेन्सी (एचडियु) र सघन उपचार कक्ष ( आइसिय)ुको व्यवस्थापन, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवाको साथै शय्या खाली भएका स्वास्थ्य संस्थामा सङ्क्रमितको भर्नाका लागि आवश्यक समन्वय पनि गर्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...