Admission Open

कोरोनाबाट बच्न सचेतीकरण अभियान    

डोटी : दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा दैनिक सङ्क्रमणदर बढ्न थालेपछि यहाँको एक गैरसरकारी संस्थाले सचेतीकरण अभियान सञ्चालन गरेको छ । लामो समयदेखि जिल्लामा विभिन्न विकासमूलक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सम विकास केन्द्र नेपालले कोरोना भाइरसबाट बच्न जिल्लामा १० दिने सचेतना अभियान सञ्चालन गरेको हो । एचबिसिसी, युनिलिभर र एक्सनएड नेपालसँगको सहकार्यमा स्थानीय समुदायमा कोरोनासम्बन्धी सचेतना फैलाउने उद्देश्यले युवा स्वयंसेवकको अगुवाइमा उक्त अभियान सञ्चालन गरिएको संस्थाका कार्यक्रम संयोजक केशव परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँका स्थानीय नागरिकलाई कोरोनाबाट जोगिने उपाय र सर्तकताबारे सचेतना गर्न सन्देशसहित माइकिङ, प्रचारप्रसार गर्ने गरिएको छ । संस्थाद्वारा परिचालित युवाहरुले समुदायमा गएर कोरोना भाइरसबारे जानकारी, यसको लक्षण, कोरोना सङ्क्रमण सर्ने कारण र त्यसबाट बच्ने उपायसम्बन्धी जानकारी दिन थालेको संस्थाका अध्यक्ष अधिराज बिसीले बताउनुभयो ।

अभियानको शुरुआतमा दिपायल सिलगढी नगरपालिका–२, ४, ५, ६ र ७ का विभिन्न ठाउँमा सचेतनामूलक सन्देशसहित माइकिङ गरिएको छ । साथै उक्त अभियान दिपायल सिलगढी, शिखर नगरपालिका र केआइसिंह गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा १० दिनसम्म सञ्चालन गरिने संस्थाले जनाएको छ । जिल्लामा पछिल्लो समय कम्तीमा पनि एक हजार २०० कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...