Admission Open

आज ३८ अंकले बढ्यो नेप्से, कारोबार रकम १९ अर्ब ५५ करोडमाथि

काठमाडौं । शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले बढेर २,९८३ दशमलव ११ अंकको विन्दुमा कायम भएको छ । आज निर्जीवन बीमा समुह माइक्रोफाइनान्स, जीवन बीमा समुह, म्युचअल फण्ड र अन्य उपसूचक घटेका छन् ।

बाकी उपसूचक बढेका छन् ।

आज २ सय २० वटा कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता रुपैयाँको शेयर करोबार हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज शेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकको ५८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ५४ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

१०४ वटा कम्पनीको शेयर मुल्य बढ्दा सबैभन्दा श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ४ दशमलव १५ प्रतिशतका दरले गुमाएका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...