Admission Open

आज १ हजार ६९४ थपिए, ३ हजार ९९४ कोरोनामुक्त र ४६ को निधन

काठमाडौं, ३० जेठ / नेपालमा कोरोनाभाइरसका एक हजार ६९४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख आठ हजार ४७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै नेपालमा हाल ६८ हजार ९५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ९९४ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४६ जना सङ्क्रतिको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा मृत्यु हुनेको संख्या आठ हजार ४१२ पुगेको छ ।नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...