Admission Open

बालुवाटारबाट बृहत् नागरिक समाजका २० जना अगुवाहरु पक्राउ

काठमाडौं, २८ जेठ / बालुवाटारमा प्रदर्शनमा उत्रिएका बृहत् नागरिक समाजका २० जना अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो । पक्राउ पर्नेमा खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशीबिक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने, अन्जानबाबु पक्राउ परेका छन्।
उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...