Admission Open

दुवै खुट्टा भाँच्चिएका सञ्चारकर्मीलाई सहयोग

काठमाडौँ / दुवै खुट्टा भाँच्चिएर उपचारमा रहनुभएकी सञ्चारकर्मी सुनिता डोटेल भण्डारीलाई बिहीबार नेपाल प्रेस युनियनले आर्थिक सहयोग गरेको छ । युनियनद्वारा सञ्चारकर्मी सुनिताको उपचारका लागि आर्थिक सङ्कलन गरी जम्मा भएको रु ६२ हजार १२० बिहीबार बैंकमार्फत सहयोग गरेको हो । सुनिता घरको छतबाट खसरे दुवै खुट्टा भाँच्चिएर हाल काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारत रहेको र ठूलो रकम खर्च भएकाले चहराइरहेको घाउमा मल्हम लगाउने कार्य गरिएको नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष अमराज नहर्कीले जानकारी दिनुभयो ।

युनियनले बिहीबार नै एक प्रेस विज्ञप्ति जारी गरी सहयोग सङ्कलनका क्रममा रकम प्रदान गर्नुहुने सबैप्रति आभार प्रकट गरेको छ । साथै घाइते सञ्चारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । युनियनमा आबद्ध सञ्चारकर्मीसँग रकम सङ्कलन गरेर हस्तान्तरण गरिएको युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पनि सञ्चारकर्मी सुनिताको उपचारका लागि आर्थिक सङ्कलन गरिरहेको छ । महासङ्घले हालसम्म करिब रु ४० हजार सङ्कलन भइसकेको शाखाका अध्यक्ष उज्वल पौडेलले जानकारी दिनुभयो । सङ्कलन अभियान जारी रहेकाले सङ्कलित रकम छिट्टै हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...