Admission Open

मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन

दमौली, २७ जेठ / मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो । मियाँ नेपाली काङ्ग्रेसका वडा सभापति समेत हुनुहुन्थ्यो । बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताउनुभएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । “राति अलि पेट पोल्यो पनि भन्दै हुनुहुन्थ्यो, अचानक मृत्यु भयो,” पारिवारिक स्रोतले भन्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...