धरान / तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिबिकोपार्जन गर्दै आएका मजदुरहरुलार्ई राहत वितरण गरेका छन् । ।
आज धरान १० स्थित नारायण चोकमा बिकले ३० मजदुरहरुलार्इ राहत सामग्री वितरण गरेका हुन । बिकले ३० मजदुरहरुलार्इ चामल, दाल, तेल, नुन, न्युटेला लगायतको खाध्य सामाग्री प्रदान गरेका हुन। सरकारले कोरोना महामारीका कारण लक डाउन गरेपछि काम बिहीन बनेका मजदुरहरुलाई केही राहत मिलोस् भन्ने उद्देश्ले राहत वितरण गरेको बिकले बताए ।
