Admission Open

के एल दुगड समूहद्वारा बिराटनगर बसपार्कस्थित बसका मजदुरलाई खाध्यान्न तथा राहत सामाग्री वितरण

काठमाडौँ, २५ जेष्ठ / के एल दुगड समूहद्वारा बिराटनगरस्थित बिराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामाग्रीहरु वितरण गरेको छ । कोरोना महामारीले गर्दा बसपार्कस्थित दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहतस्वरुप खाद्य सामाग्री वितरण मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौलाको उपस्थितिमा वितरण गरिएको थियो । २०७८ जेष्ठ २४ गते मात्रै १०० जना मजदुरहरुलाई खाद्य सामाग्री वितरण गरिएको थियो ।


के एल दुगड समुहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल तथा खाद्यान्न सहयोग गरेको छ र उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहनेछ भने नेपालगन्जस्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरिरहेको छ । सहयोगले उक्त अस्पातलमा सञ्चालित भोजन कार्यक्रम जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ ।


यस्तो कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्नेहरुलाई राहत पुगोस् भन्ने हिसाबमा सहयोग गरिएको कम्पनीले जनाएको छ । साथै अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...