Admission Open

कोरोना कहरः पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ कोरोनामुक्त, ३ हजार ३ सय ७० संक्रमित, ९२ को निधन

काठमाडौं, २४ जेठ / नेपालमा कोरोनाभाइरसका तीन हजार ३७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार २ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै नेपालमा कोरोना कुल सङ्क्रमित पाँच लाख ९१ हजार ४९४ जना पुगेको जनाएको छ । हाल नेपालमा ८५ हजार ५४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ९५१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा चार लाख ९७ हजार ९६० जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८४।२ प्रतिशत पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ९२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सात हजार ९९० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...