Admission Open

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, आजै ५० अंकको बृद्धि

काठमाडौं २३ जेठ / सेयर बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ । पछिल्लो समय नेप्से परिसूचक र कारोबारमा तिब्र बृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेले नयाँ रेडर्क कायम गरेको छ भने कारोबारले पनि उचाई चुमेको छ ।

आइतबार ५०।१३ अंकले बृद्धि भइ २९०६।८९ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । सेन्सेटिभ इन्डेक्सतर्फ पनि ७।८८ अंकले नेप्से परिसूचक बढेर ५२०।९९ मा पुगेर नयाँ रेकर्ड कायम भएको छ । आइतबार एकैदिन १७ अर्ब २७ करोड १७ लाख भन्दा बढीको कारोबार भएको छ ।

२ सय १८ वटा कम्पनीको सेयर १ लाख ७१ हजार ६० पटक खरिद बिक्री हुँदा ३ करोड ७४ लाख ५५ हजार भन्दा बढी सेयर किनबेच भए । बैंक, विकास बैंक, फाइनान्स, अन्य, माइक्रोफाइनान्स, म्युटुअल फण्ड्स र इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्य बढेको छ भने ट्रेडिङ, पर्यटन तथा होटल, हाइड्रो, ननलाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन र लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भने गिरावट आएको छ ।

आइतबार महिला लघुवित्त, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, रिद्धि हाइड्रोपावर, नेपाल बंगलादेश बैंकको सेयर मूल्य सर्किट लेबलमा बढेको छ । सबै भन्दा बढी राधि जलविद्युतको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेपाल रिइन्स्योरेन्स कम्पनीको सबै भन्दा बढी १ अब २१ करोड भन्दा बढीको कारोबार भएको छ । त्यसपछि निफ्राको कारोबार ८३ करोड भन्दा बढीको भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...