Admission Open

शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामी

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामीको चाप बढेको छ । गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ, रिग्मो, पुग्मोलगायतका गाउँमा बिरामी बढेका हुन् । कोेभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा बिरामी बढेसँगै जनप्रतिनिधिले बाहिरका मान्छे प्रवेशमा कडाइ गरेका छन् ।

नेपालकै गहिरो ताल फोक्सुण्डो जान आन्तरिक तथा बाह्य पर्यटक सबैलाई पिसिआर वा एन्टिजेन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर राख्दै नेगेटिभ रिपोर्टबिनाका जोकोहीलाई प्रवेशमा रोक लगाइएको फोक्सुण्डोका वडाध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...