Admission Open

क्यान्सरपीडितलाई पन्ध्र हजार सहयोग

तनहु / व्यास नगरपालिका कार्यालयले बोनम्यारो क्यान्सरपीडित दीपक मगरलाई बिहीबार रु १५ हजार आर्थिक सहयोग गरेको छ । हाल व्यास–१ चारकुनेमा भाडामा बस्दै आउनुभएका २६ वर्षीय मगरको उपचारका लागि नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त रकम प्रदान गर्नुभएको हो । अर्थाभावका कारण डायलासिस गर्न धौधौ भएको अवस्थामा केही समयका लागि राहत मिलेको पीडित मगरले बताउनुभयो । विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट स–सानो रकम जुट्न थालेपछि आफूलाई बाँच्ने आशा पलाएको उहाँले बताउनुभयो ।

त्यसैगरी केही दिनअघि व्यास–१ स्थित चारकुने टोल विकास संस्थाको सक्रियतामा सङ्कलित रकम रु १० हजार ४० निजकी श्रीमती सजिना मगरलाई हस्तान्तरण गरेको थियोे । विसं २०७२ मा बोनम्यारो क्यान्सर भई जेनतेन उपचार गर्दै आए पनि कहीँकतैबाट सहयोग नपाएका मगरले पछिल्लो समय सहयोग जुट्न थालेपछि आफू बाँच्छु भन्ने आत्मबल बढ्न थालेको बताउनुभयो । त्यसैगरी व्यासनगरपालिका–२ अमरापुरी निवासी गोविन्दराम पन्थ र माधवी नराल पन्थले मगरको उपचारका लागि रु पाँच हजार सहयोग गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...